१ आश्विन २०७८, शुक्रबार
गृह सुनचाँदीको मूल्य स्थिर, यस्तो छ आजकाे बजार भाउ?
सुनचाँदीको मूल्य स्थिर, यस्तो छ आजकाे बजार भाउ?

काठमाडौं। साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज पनि स्थिर रहेर ९० हजार ६ सय रुपैयाँ नै कायम भएको हो।

त्यस्तै, छापावाल सुन प्रति १० ग्राम ७७ हजार ६ सय ७५ रुपैयाँ कायम भएको छ। महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार एक सय रुपैयाँ कायम भएको छ।


तेजाबी सुन प्रति १० ग्रामको मूल्य ७७ हजार दुई सय ४५ रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य पनि आज स्थिर रहेर प्रतितोला एक हजार दुई सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ। प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ४२ रुपैयाँ तोकिएको छ।

Facebook Comments

हरेक खबर खास खबर