१ आश्विन २०७८, शुक्रबार
गृह ओमानलाई नेपालको मध्यम टार्गेट
ओमानलाई नेपालको मध्यम टार्गेट

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग( २ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय खेलमा नेपालले आयोजक ओमानलाई १९७ रनको टार्गेट प्रस्तुत गरेको छ।

मंगलबार ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले ४७ ओभर ४ बलमा अल आउट हुँदै १९६ रन बनाएको हो।


नेपालका लागि आशिफ शेखले सर्वाधिक ९० रन बनाए। ११२ बलमा १ छक्का र ७ चौका प्रहार गरेका शेखले करियरकै उत्कृष्ट ब्याटिङ गर्दै ९० रन बनाएका हुन्।

यस्तै, करन केसी र कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाउँदा रोहित पौडेलले २० रन बनाए । सन्दीप लामिछानेले १६ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन्।

यता, टस हारेर बलिङ गरेको ओमानका लागि बिलाल खानले सर्वाधिक ४ विकेट लिए । १० ओभर बलिङ गरेका खानले १ मेडनसहित ४७ रन खर्चिएका हुन्।

यस्तै, नेष्टोर धम्बाले २ विकेट लिए। ५ ओभर बलिङ गरेका उनले २५ रन खर्चिए भने मोहम्मद नदिम र जिशान माक्सुदले समान १ विकेट लिए।

सोमबार भएको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो।

Facebook Comments

हरेक खबर खास खबर