१ आश्विन २०७८, शुक्रबार
गृह प्रचण्ड असल बाबु, काका, ससुरो, सम्धी हुन्, तर उनी धोकेबाज र छट्टु नेता हुन् : ओली
प्रचण्ड असल बाबु, काका, ससुरो, सम्धी हुन्, तर उनी धोकेबाज र छट्टु नेता हुन् : ओली

काठमाडौं। एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुमाथि आक्रोश पोखेका छन् ।

गृहजिल्ला झापामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै ओलीले आफ्नो पार्टी फुटाउन भूमिका खेलेको भन्दै प्रचण्डलाई धोकेबाज र छट्टु नेता भन्न भ्याए ।


 ‘प्रचण्ड असल बाबु, काका, ससुरो, सम्धी भएको भन्दै तर उनी धोकेबाज नेता भएको उनको भनाइ थियो। प्रचण्ड असल बाउ हो, काका हो, असल ससुरो हो । तर धोकेबाज नेता हो । राम्रो सम्धी, राम्रो ससुरो, राम्रो ज्वाइँ राम्रो बा, राम्रो काका । उहाँ सबै हिसाबले राम्रो तर एउटैमात्र खराबी छट्टु नेता हो । कार्यकर्तालाई झुक्याएर, छक्याएर आफ्नो राजनीतिक दुनो सोझ्याउने मात्र हुन्,’ उनले भने ।

आफ्नै कार्यकर्ताको हत्याकाण्ड मच्चाउने उपेन्द्र यादवसँग प्रचण्डले गठबन्धन गरेर लेनदेनको राजनीति गरेको ओलीको आरोप थियो ।

 ‘प्रचण्ड यस्तो तान्त्रिक, मायावी मान्छे हो । जादुगरले जस्तो यस्तरी मान्छे भुल्याउने अलमल्याउने गर्छन् । मान्छेलाई हो कि जस्तो पारेर भुल्याउँछन् । ०६४ मा सरकार बनाएर के गरे ? सहिद फालिएका छन् । गौरमा २४ जना मारिएका छन् । तिनैसँग सौदाबाजी गरिरहेका छन् । कार्यकर्ता मारिरहेका छन् । लेनदेनको राजनीति गरिरहेका छन् ,’ उनले भने ।

Facebook Comments

हरेक खबर खास खबर