१ आश्विन २०७८, शुक्रबार
गृह ओमानद्धारा नेपाल ५ विकेटले पराजित
ओमानद्धारा नेपाल ५ विकेटले पराजित

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपाल ५ विकेटले पराजित भएको छ।

मंगलबार ओमानको अल अमिरात मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७ दशमलव ४ ओभरमा अलआउट हुँदै १ सय ९६ रन मात्र बनाउन सकेको थियो सो लक्ष्य ओमनले ३१ ओभर १ बलमा ५ विकेट गुमाएर पूरा गर्यो।


ओमानको जितमा जतिन्दर सिंहले १ सय ७ रनको शतकीय इनिङ्स खेले। विस्फोटक ब्याटिङ गरेका उनले ६२ बलमा ६ छक्का र १२ चौका प्रहार गरे। उनले पाँचौ ओभरमा सोमपाल कामीविरुद्ध एकै ओभरमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३० रन जोडेका थिए।

यस्तै सुरज कुमारले २० रन जोड्दा आयन खानले १८ रन बनाए। सोइब खान ७ रनमा आउट हुँदा कप्तान जिसन मक्सुद ४ रनमा आउट भए।

मोहमद नदीम ३८ रनमा अविजित रहदा सन्दीप गउड सुन्य रनमा अविजित रहे। नेपालका करण केसी र कुशल मल्लले २र२ विकेट लिए । सुशन भारीको नाममा १ विकेट रह्यो।

यसअघि नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९६ रन बनाएको थियो। नेपालका आसिफ शेखले सर्वाधिक ९० रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाएको इनिङ्समा रोहित पौडेलले २०, सोमपाल कामीले ७ , विनोद भण्डारीले ६ रन बनाए । यस्तै कुशल मल्लले ४ र ओपनर कुशल भुर्तेल शुन्य रनमा आउट भए ।

बिक्रम सोबले २ रनमात्र बनाउन सके । करन केसीले २१ रन बनाए । सुसन भारी २ रनमा अविजित रहे । नेपालले ७ रन अतिरिक्त प्राप्त गरेको थियो।

नेपालका ब्याट्सम्यानमाथि दबाब बनाएका ओमानका बिलाल खानले सर्वाधिक ४ विकेट लिए।

निस्टोर धाम्बाले २ विकेट लिएको खेलमा जिशान मकसुद र मोहम्मद नदीमले एक एक विकेट हात पारे । ओमानका आयान खान किफायती रहे । उनले १० ओभरमा २ मेडन राख्दै मात्र २९ रन खर्चिए।

सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो।

Facebook Comments

हरेक खबर खास खबर