१ आश्विन २०७८, शुक्रबार
गृह लामो समय देखि स्थगित रहेका कक्षा १२ का परिक्षा आजदेखि
लामो समय देखि स्थगित रहेका कक्षा १२ का परिक्षा आजदेखि

काठमाडौंः कक्षा १२ को अन्तिम परीक्षा आज(बुधबार) देखि सुरु हुृने भएकोछ। । राष्ट्रिय परीक्षा बोर्डका अनुसार भौतिक उपस्थितिमै परीक्षा संञ्चतालन हुन लागेको हो । परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी हुने छन्। भदौ ३० देखि असोज ८ गतेसम्म परीक्षा सञ्चालन हुनेछ बोर्डले जनाएको छ।

परीक्षामा विद्यार्थीलाई होम सेन्टरको व्यवस्था मिलाइएको र ४ हजार ३१५ वटा परीक्षा केन्द्र तय भएको बोर्डले बताएको छ। यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो। तय भएको परीक्षा तालिका कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै स्थगित गरिएको थियो।सरकारले प्रवेशपत्रका आधारमा कक्षा ११ र १२ का परीक्षार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाएको छ। गत वर्ष कक्षा १२ को परीक्षा मंसिरमा सञ्चालन भएको थियो।


Facebook Comments

हरेक खबर खास खबर