१ आश्विन २०७८, शुक्रबार
गृह चट्याङ लागेर लमजुङमा पाँच भैंसी मरे
चट्याङ लागेर लमजुङमा पाँच भैंसी मरे

लमजुङ। लमजुङको क्व्होलासोंथर गाउँपालिका-४ भुजुङको लेक स्यालुमा चट्याङ लागेर पाँच वटा लैनो भैंसी मरेका छन्।

चरनक्षेत्रमा पानी परेपछि ओत लाग्न रुखमुनि रहेका बेला चट्याङ खस्दा भैंसी मरेका किसान रुनबहादुर गुरुङले बताए।


सोमबार साँझ करिब ५ बजे परेको चट्याङले आफ्नो मात्रै ३ वटा भैंसी मरेका उनले बताए।

बाँकी भैंसी वीरबहादुर गुरुङ (इना) का हुन्। किसानको करिब ३ लाख ५० हजार रुपैयाँ नोक्सान भएको स्थानीय नौराज गुरुङले बताए।

Facebook Comments

हरेक खबर खास खबर