१ आश्विन २०७८, शुक्रबार
गृह नेपाल पत्रकार महासङ्घ सदस्य तथा रुपन्देहीका क्रियाशील पत्रकार चौहानको निधन
नेपाल पत्रकार महासङ्घ सदस्य तथा रुपन्देहीका क्रियाशील पत्रकार चौहानको निधन

काठमाडौं । नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिका सदस्य तथा रुपन्देहीका क्रियाशील पत्रकार बिन्दुकुमार चौहानको मृत्यु भएको छ ।निमोनियाको उपचारका क्रममा ४५ वर्षीय चौहानको गए राति युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा मृत्यु भएको हो । तीन दिनअघि निमोनिया देखिएपछि चौहानलाई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरिएकामा अवस्था गम्भीर भएसँगै मेडिकल कलेजमा भर्ना गरिएको पत्रकार महासङ्घले बताएको छ।

चौहान नेपाल पत्रकार महासङ्घका पूर्वकार्यसमिति सदस्य रहेका थिए । दुई दशकदेखि रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेर पत्रकारिता गर्दै आएका थिए। चौहानको निधनप्रति नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समिति र रुपन्देही शाखाले दुःख व्यक्त गरेको छ । चौहानका श्रीमती, चार छोरा र तीन छोरी रहेका छन्।


Facebook Comments

हरेक खबर खास खबर