१ आश्विन २०७८, शुक्रबार
गृह २० लाख चन्दाबाटै बन्यो बालभैरव मन्दिर
२० लाख चन्दाबाटै बन्यो बालभैरव मन्दिर

काठमाडौं । बागलुङ–९ तित्याङस्थित गाउँमा गाउँलेबाट चन्दा तथा श्रमदान जुटाएर रु २० लाखमा बालभैरव मन्दिर निर्माण गरिएको छ । धेरै पुरानो र जीर्ण मन्दिर भएकाले स्थानीयवासीले लाखौँ खर्चेर बनाएको उपभोक्ता समितिका अध्यक्ष रविन खत्रीले जनाए ।

रु २० लाख रकममध्ये रु १५ लाख नगद सङ्कलन गरेका स्थानीयवासीले रु पाँच लाख बराबरको श्रमदान गरेका छन्। मन्दिरमा तामाको छानो लगाईएको छ। आकर्षक कलात्मक बुट्टा भरेका टुँडालहरू बनेका छन् ।विशेषगरी भर्खर जन्मेका बालबालिकाको बोली नफुटेमा, हातखुट्टा लुलो भएमा तथा अन्य स मस्या पर्दा बालभैरवको भा कल गरेर निको हुने स्थानीयवासीको मान्यता रहेको छ। । यो मन्दिरमा हरेक साताको मङ्गलबार मात्रै पूजा हुने गर्छ । मन्दिरको विश्वासका कारण गलकोट र बलेवादेखि पनि कैयौँ मानिस पूजा गर्न पुग्ने गरेका नरबहादुर खत्रीले बताए ।


वडाध्यक्ष गणेश थापाले मन्दिर निर्माण धार्मिक विषय भए पनि गाउँलेहरु जुट्दा लाखौँ रकम सङ्कलन गर्न र विकास गर्न सकिनेरहेछ भनेर यो उदाहरण बनेको बताए । उनले मूर्ति निर्माणमा नगरपालिकालाई सहकार्य गर्न लगाइएको बताएका छन्।

Facebook Comments

हरेक खबर खास खबर