१ आश्विन २०७८, शुक्रबार
गृह अस्मिता हत्या प्रकरणः न्याय माग्दै इलाका प्रशासन कार्यालय जोगबुडामा तालाबन्दी
अस्मिता हत्या प्रकरणः न्याय माग्दै इलाका प्रशासन कार्यालय जोगबुडामा तालाबन्दी

काठमाडौं। डडेल्धुराकी अस्मिता धामीको हत्यारा सार्वजनिक गर्न माग गर्दै इलाका प्रशासन कार्यालय जोगबुडामा अनिश्चितकालीन तालाबन्दी गरिएको छ।

जिल्लाको परशुराम नगरपालिका वडा नं ८ स्थित जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मिता धामीको शव फेला परेको दुई महिनाभन्दा बढी भइसकेको छ। तर, उनको हत्यारा भने अझै सार्वजनिक भइसकेको छैन।


अस्मिता हत्या न्यायिक सङ्घर्ष समितिका संयोजक धन बहादुर बोहोराले हत्यारा पत्ता नलागेसम्म ताला नखुल्ने चेतावनी समेत दिएका छन्।

May be an image of one or more people, people standing and outdoors

प्रहरीले सूक्ष्म अनुसन्धान भन्दै जिल्ला र प्रदेशको टोली खटाएर अनुसन्धानसमेत गरेपनि घटनाबारे सत्यतथ्य बाहिर आएको छैन।

यस बीचमा परशुराम नगरपालिकाले पनि संघर्ष समितिसँग ६ बुँदे सम्झौता समेत गरेको थियो तर उक्त सम्झौता पनि कार्यान्वयन नभएको अस्मिता हत्या न्यायिक सङ्घर्ष समितिका संयोजक धन बहादुर बोहोराले बताए।

सम्झौतामा पीडित परिवारलाई १० लाख क्षतिपूर्ति दिने र अस्मिताका श्रीमान् अमर धामीलाई जमरानी स्वास्थ्य केन्द्रमा रोजगारी दिने लगायत छन्।

२ असारमा जोगबु्डा अस्पताल जाने क्रममा बेपत्ता भएकी अस्मिता को शव प्रहरी र स्थानीयको संयुक्त टोलीले ५ असारमा हट्टवानी सामुदायिक वनको एउटा खोल्सोमा फेला पारेको थियो।

त्यसको दुई दिनपछि शवको पोस्टमार्टम गरिएपनि हत्या र बलात्कारबारे यकिन जानकारी नपाएपछि भिसेरा परीक्षणका लागि काठमाडौं पठाइएको थियो।

घटनास्थलमा भेटिएको मोबाइल परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाएको थियो। त्यसबाट कुनै ठोस प्रमाण प्राप्त नभएको प्रहरीले जनाएको छ। प्रहरी उनको भिसेरा रिपोर्ट कुरिरहेको छ। जसको रिपोर्ट हालसम्म नपुगेको प्रहरीले जनाएको छ।

May be an image of 1 person, sitting and outdoors

Facebook Comments

धर्मराज भट्ट खासखबर मा कार्यरत छन् । उनी समसामयिक बिषयमा कलम चलाउछन् ।