१ आश्विन २०७८, शुक्रबार
गृह कञ्चनपुरमा एम्बुलेन्सले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, कारवाहीको माग गर्दै सडक अवरुद्ध
कञ्चनपुरमा एम्बुलेन्सले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु, कारवाहीको माग गर्दै सडक अवरुद्ध

धनगढी। कञ्चनपुरमाएम्बुलेन्सले साईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको कृष्णपुर नगरपालिका–५ मा अत्तरियाबाट महेन्द्रनगर जाँदै गरेको बाँस्खेडा ऐरी रेडक्रस उपशाखाको म १ च २८८ नम्बरको एम्बुलेन्सले ठक्कर दिदा साइकल चालक कृष्णपुर नगरपालिका–५ का ४५ वर्षीय कृष्ण बहादुर ऐरको मृत्यु भएको हो।


साइकल चालकको मृत्यु भएपछि स्थानीयले कारबाही र क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध गरेका छन्।  

ठक्करबाट गम्भीर घाइते भएका ऐरको उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल ल्याइएको र त्यसपछि सेती प्रादेशिक अस्पताल रिफर गरिएका उनको बिहान ७ बजे मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

एम्बुलेन्स र चालक भीमदत्त नगरपालिका–१६ का ४० वर्षीय गणेश विष्ट इलाका प्रहरी कार्यालय गुलरियाको नियन्त्रणमा लिएको छ।

Facebook Comments

हरेक खबर खास खबर