१२ माघ २०७८, बुधबार
गृह देवता विश्वकर्माको पूजाआराधना गरि विश्वकर्मा मनाईदै
देवता विश्वकर्माको पूजाआराधना गरि विश्वकर्मा मनाईदै

काठमाडौं । आज देवता विश्वकर्माको पूजाआराधना गरि विश्वकर्मा मनाईदै छ। । प्रत्येक वर्षको असोज सङ्क्रान्तिका दिन यो पर्व मनाउने हिन्दू–मैथिल परम्परा रहेको छ।पर्वका अवसरमा आज यस भेगका मेसिरेनरी पाट्र्सका औद्योगिक तथा व्यापारिक प्रतिष्ठानमा विश्वकर्मा पूजनोत्सव विशेष समारोहबीच धार्मिक विधिबाट गरिँदैछ । पर्वका अवसरमा ज्यावलबाट सामान उत्पादन गरिने स–साना उद्योग, अन्नपात कुटान÷पिसान र पेलान गर्ने मिल, यातायातका साधन तथा धातुबाट बनेका स–साना ज्यावललाई पनि धोइपखाली पूजा गर्ने मैथिल परम्परा छ ।

पर्वका अवसरमा सेताम्य फुलेको आकृतिका अविश्वकर्माका प्रतिमा सबैजसो औद्योगिक तथा व्यापारिक प्रतिष्ठान र गाउँनगर बस्तीका चोक÷चोकमा स्थापित गरिएका छन् । झट्ट हेर्दा ब्रह्माकै आकृति देखिने विश्वकर्माले आफ्ना चार हातमध्ये दुई हातमा तार, डोरी र फलामे ज्यावल हातमा लिएको प्रतिमामा देखिन्छ । धेरैजसो ठाउँमा विश्वकर्मा पूजा पर्वका अवसरमा धार्मिक मेला आयोजना गरि मनाईदै आएका छन्।


सृष्टिकर्ता ब्रह्माका पुत्र मानिने विश्वकर्माको पूजाआराधनाले ज्यावलमा खिया नलाग्ने, टिकाउ हुने र सधैँ शुभ फल दिने विश्वास गरिन्छ । विश्वकर्मा राजा इन्द्रको सभाका विशिष्ट शिल्पकार मानिन्छन् ।

Facebook Comments

हरेक खबर खास खबर