८ कार्तिक २०७८, सोमबार
गृह फेरि एमालेकै सरकारले चुनाव गराउँने योगेश भट्टराइको दावी
फेरि एमालेकै सरकारले चुनाव गराउँने योगेश भट्टराइको दावी

काठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराईले यो सरकार चुनावसम्म रहन नसक्ने टिप्पणी गरेका छन्।

पोखरामा प्रेस चौतारी कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले अब हुने निर्वाचनको नेतृत्व पनि एमालेले गर्ने बताए।
सरकारको अवस्था हेर्दा अब चुनावमा जानै पर्ने सङ्केत देखिएको उनले बताए ।


एमाले विभाजनको असर भने तल्लो तहमा खासै नपरेको उनको भनाइ छ । विभाजनमा लागेकाहरूको मनमा पनि एमाले नै भएकाले भट्टराईले माधवकुमार नेपाल पुनः एमालेमै फर्किने बताएका छन् ।

‘यसो घरबाट अलि टाढा गएपछि होमसिक हुन्छ नि । त्यस्तै अहिले माधव कमरेडलाई भएको छ । एमालेकै काखमा रहेर रमाएको देखिरहनुभएको छ ।

सपना र बिपनामा पनि एमाले देखिरहनुभएको छ,’ उनी भन्छन्, ‘उहाँलाई एमालेसिक भएको छ । उहाँ एमालेमै आउनुहुन्छ ।’ गण्डकी प्रदेश सरकारले ल्याएको आम सञ्चार विधेयकप्रति उनले विरोध गरे । सरकारले प्रेस स्वतन्त्रता विरोधी विधेयक ल्याएको भन्दै सच्याउन उनको आग्रह छ । भट्टराईले सत्तारुढ दलसँग एमसीसीको आधिकारिक धारणा पनि मागेका छन् ।

Facebook Comments