८ कार्तिक २०७८, सोमबार
गृह सवारी दुर्घटनामा परी दुईको मृत्यु
सवारी दुर्घटनामा परी दुईको मृत्यु

झापा । भापामा भएको सवारी दुर्घटनामा परी झापामा दुई जनाको ज्यान गएको छ। साथै भापामा भएको सवारी दुर्घटनामा परी दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिहीबार राति ८ बजे पूर्व(पश्चिम राजमार्गअन्तर्गत मेचीनगर नगरपालिका(१२ कालीझोडामा को २० प ४ नम्बरको मोटरसाइकले सोही दिशातर्फ जाँदै गरेको मे १ त ७०६३ नम्बरको ट्रयाक्टरलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परी मोटरसाइकल चालक कनकाई नगरपालिका(६ दुर्गापुरका ४३ वर्षीय दिलकुमार कार्की र मोटर साइकलपछाडि रहेका मेचीनगर(१३ का ३० वर्षीय युवराज लिम्बु घाइते भएका जनाएका छन्।


प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार घाइते दुवै जनालाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो। उपचारको क्रममा लिम्बुको मृत्यु भएको हो । ट्रयाक्टर र ट्रयाक्टर चालक मेचीनगर(२ का २६ वर्षीय सुवास नेम्बाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments

हरेक खबर खास खबर