८ कार्तिक २०७८, सोमबार
गृह घाँटी थिचेर पतिको हत्या गर्ने श्रीमती पक्राउ
घाँटी थिचेर पतिको हत्या गर्ने श्रीमती पक्राउ

काठमाडौं । श्रीमानको हत्या गरेको आरोपमा दाङको घोराहीबाट मृतककी श्रीमती पक्राउ परेकि छन्। । प्रहरीले श्रीमानको ह्त्या गरेको आरोपमा उनलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ५० वर्षीय छविनारायण चौधरीको हत्या गरेको आरोपमा घोराही उपमहानगरपालिका–९ मछै बस्ने ५८ वर्षीया मनसरा घर्तीलाई गएराती पक्राउ गरिएको हो ।

छविनारायण चौधरी घरमा मृत अवस्थामा फेला परेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले मनसरालाई पक्राउ गरेको हो। सम्पत्तिको बिषयमा विवाद हुँदा मनसराले घाँटी थिचेर पतिको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरिले बताएको छ। । हत्याबारे थप अनुसन्धान भई रहेको प्हरिले जनाएको छ।


Facebook Comments

हरेक खबर खास खबर