८ कार्तिक २०७८, सोमबार
गृह १४ वर्षीया किशोरी बलात्कार गर्ने एक पक्राउ एक फरार
१४ वर्षीया किशोरी बलात्कार गर्ने एक पक्राउ एक फरार

दाङ । १४ वर्षीया किशोरी बलात्कृत भएकी छन् । दाङको एक कटेजमा १४ वर्षीया किशोरी बलात्कृत भएकी हुन । प्रहरीले बलात्कारको आरोप एक पक्राउ समेत गरेको छ भने एक जना फरार रहेका छन्। पक्राउ पर्नेमा तुल्सीपुर उपमहानगरपालिका–११ बस्ने कैलाली घर भएका २२ वर्षीय साहु भन्ने विष्णु सुनार रहेका प्रहरिले जनाएको छ। सुनार र सोही उपमहानगरपालिका–११ बस्ने २४ वर्षीय उमेश विकले ती किशोरीलाई सोही ठाउँस्थित एक कटेजको कोठामा लगी सामूहिक बलात्कार गरेका थिए ।

जबरजस्ती करणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले सुनारलाई पक्राउ गरेको जनाएको छ।उनी उपर जिल्ला अदालत दाङबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान गर्नुका साथै हाल फरार उमेशको प्रहरीले खोजी गरिरहेको प्रहरिले जनाएको छ।


Facebook Comments

हरेक खबर खास खबर