८ कार्तिक २०७८, सोमबार
गृह इपिएल: एस्टन भिल्लाको दोस्रो जित
इपिएल: एस्टन भिल्लाको दोस्रो जित

काठमाडाैं। इंग्लिस प्रिमियर लिगमा (इपिएल) मा एस्टन भिल्लाले एभर्टनलाई पराजित गरेको छ। शनिबार राति घरेलु मैदान भिल्ला पार्कमा भएको खेलमा एस्टनले एभर्टनलाई ३-० गोल अन्तरले पराजित गर्दै दोस्रो जित निकालेको हो।

एस्टनको सहज जितमा माटी क्यास र लिओन बेलीले १-१ गोल गरे भने एभर्टनका लुकास डिग्नेले आत्माघाति गोल गरे।

पहिलो हाफ बराबरीमा समाप्त हुँदा दोस्रो हाफको ६६ मिनेटमा माटीले एस्टनलाई अग्रता दिलाए। पहिलो गोल गरेको तीन मिनेटमै एस्टनले आत्माघाति गोल उपहार पायो। डिग्नेले आफ्नै पोष्टमा गोल गर्दा एस्टन २–० ले अगाडि बढ्यो।


खेलको ७५ मिनेटमा परिवर्तित खेलाडी बेलीले गोल गर्दा एस्टनले प्रिमियर लिगमा दोस्रो जित निकाल्यो। लिगमा दोस्रो जितसँगै एस्टन भिल्लाले ५ खेलबाट ७ अंक बनाउँदै १०औँ स्थानमा उक्लिएको छ।

पराजित एभर्टन भने ५ खेलबाट ३ जित, १ हार र एक बराबरी सहित १०औँ स्थानमा छ।

Facebook Comments

हरेक खबर खास खबर