८ कार्तिक २०७८, सोमबार
गृह लन्डनमा एनआरएनएकाे तेस्राे विश्व नेपाली स्वास्थ्य सम्मेलन
लन्डनमा एनआरएनएकाे तेस्राे विश्व नेपाली स्वास्थ्य सम्मेलन

लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) काे आयाेजनामा शनिबार लन्डनस्थित नेपाली दूतावासमा तेस्राे विश्व नेपाली स्वास्थ्य  सम्मेलनको सुरु भएकाे छ।

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी तथा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले नेपालबाट  संयुक्तरुपमा  उद्घाटन गरे।


राज्यमन्त्री श्रेष्ठले कोरोना महामारीको सुरुदेखि नै नेपाल र नेपालीलाई सघाएकोमा गैरआवासीय नेपाली संघ तथा संसार भरिरहेका नेपाली स्वास्थ्यकर्मीलाई धन्यवाद दिए।

एनआरएनएका महासचिव डा. हेम राज शर्माले विदेशका रहेका नेपालीहरूमा प्रशस्त सम्भना रहेको बताउँदै गैरआवासीय नेपाली संघको अभियानमा जोडिएर सकृय हुन आग्रह गरे। शर्माले संघ कोरोना महामारीमा बिदेशमा अलपत्रमा परेका नेपालीहरूको उद्धारमा खटिएको बताए।

एनआरएनए स्वास्थ्य समितिका अध्यक्ष डा. सञ्जीव सापकोटाले यो सम्मेलन नेपाल बाहिर आयोजना  गरिएको स्वास्थ्य सम्बन्धी सबैभन्दा ठूलो फोरम भएको बताए। उनले सम्मेलनमा नेपाल र नेपाल बाहिर बस्ने आम नेपालीहरुको स्वास्थ्यका बारेमा छलफल हुने जानकारी दिए।

महामारीको बेलामा नेपालीहरुको स्वास्थ्य कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा तीन दिने सम्मेलन केन्द्रित रहने उनले जानकारी दिए।

उनले सम्मेलनमा ३० भन्दा बढी वैज्ञानिक कार्यपत्र पेश हुने तथा ५० भन्दाबढी कार्यशाला सञ्चालन गरी समूहगत छलफल हुने जानकारी दिए।

सम्मेलन आइतबार साँझ लन्डन घोषणापत्र जारी गर्दै समापन हुने छ।

Facebook Comments

हरेक खबर खास खबर