८ माघ २०७८, शनिबार
गृह श्रमिकले रकम नपाएपछि वडा कार्यालयमा लगाए ताला
श्रमिकले रकम नपाएपछि वडा कार्यालयमा लगाए ताला

सिराहा। सिराहाको नरहा गाउँ पालिका९१ मा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत काम गरेका श्रमिकले पारिश्रमिक नपाएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका छन्। आफूहरूले काम गरेको रकम आर्थिक मसान्तको तीन महिना बितिसक्दा पनि नपाएको भन्दै वडाका ४३ जना श्रमिकले तालाबन्दी गरेका हुन्।

स्वरोजगार कार्यक्रमअन्तर्गत ४३ जना कामदारले वैशाख १२ गतेबाट ५० दिनसम्म काम गरेको रकम अझै नपाएको गुनासो गरेका छन्। स्थानीय सुनिल दासले अफूहरूले पटक९पटक पाउनुपर्ने रकमको लागि गाउँपालिकासँग आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको बताए ।


कामगरेको रकम असार १५ गतेसम्म पाइसक्नु पर्ने भए पनि अहिलेसम्म नपाउँदा आफूहरू निकै समस्यामा परेको उनले बताए।

उनले आफूहरू गाउँपालिका धाउँदाधाउँदै थाकेको बताइन् । उनीहरूले कामगरे बापत प्रतिव्यक्ति २५ हजार हजारका दरले १० लाख ७५ हजार रकम लिनु बाँकी रहेको बताएका छन्।

वडा अध्यक्ष अशोक साहले सम्बन्धित कर्मचारीको लापरबाहीले श्रमिकले पैसा पाउन नसकेको बताएका छन्। उनले कर्मचारीकै लापरबाहीका कारण चेक बन्न नसको बताए।

आफूले गर्नुपर्ने सबै काम गरेर उनीहरूको जिम्मा लगाएको बताउँदै लेखा र सम्बन्धित कर्मचारीका कारण रकम निकासा हुन नसकेको उनले बताए। रकम उपलब्ध गराउन आफूहरूको प्रयास वारी रहेको उनको भनाइ छ ।

Facebook Comments

हरेक खबर खास खबर