८ माघ २०७८, शनिबार
गृह सुरु भयो चाडपर्व लक्षित बजार अनुगमन
सुरु भयो चाडपर्व लक्षित बजार अनुगमन

काठमाडौं। काठमाडौं उपत्यकामा चाडपर्व लक्षित बजार अनुगमन शुरु भएको छ। जिल्ला प्रशासन कार्यालयको संयोजनमा सबै नियमनकारी निकायका अधिकारी सम्मिलित टोलीले अनुगमन सुरु गरेको हो।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले चाडपर्वलाई लक्षित गरेर आजबाट बजार अनुगमन सुरु गरिएको बताए।


उनका अनुसार अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, वाणिज्य विभाग, खाद्य गुणस्तर विभाग, औषधि विभागलगायतका प्रतिनिधिहरु छन्।

टोलीले खाद्यान्न, मासु, तरकारी, औषधि लगायत विभिन्न बजाररपसलहरुको अनुमगन गर्नेछ। अनुगमनको क्रममा कैफियत भेटिए कानुन बमोजिम कारबाही हुने महानिर्देशक पौडेलले बताए।

Facebook Comments

हरेक खबर खास खबर