८ कार्तिक २०७८, सोमबार
गृह विश्व शान्तिका लागि संयुक्त राष्ट्र संघको मुख्यालय अगाडी डा. केसीको प्रदर्शन
विश्व शान्तिका लागि संयुक्त राष्ट्र संघको मुख्यालय अगाडी डा. केसीको प्रदर्शन

काठमाडौं। चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोबिन्द केसीले विश्व शान्ति, सद्भाव र समानताका लागि संयुक्त राष्ट्र संघको मुख्यालय अगाडी न्यूयोर्कमा आयोजना गरिएको शान्तिपूर्ण प्रदर्शनमा सहभागिता जनाएका छन्।

गत २० र २१ सेप्टेम्बर २०२१ का दिन दिउसो १ बजे देखि ४ बजेसम्म सञ्चालन भएको कार्यक्रममा डा केसीले सहभागिता जनाएका हुन्।


त्यहाँ उनलाई साथ र समर्थन गर्न आएका नेपाली समुदायले विभिन्न नारा लेखेका सामग्रीहरू प्रदर्शन समेत गरेका छन्।

विश्वमा फैलिएको द्वन्द्व, पर्यावरणीय विनाश, सबैका लागि स्वास्थ्य र शिक्षा तथा कोभिडको खोपका विषयमा विश्वको ध्यानाकर्षण गराउने उद्देश्यले शान्तिपूर्ण प्रदर्शन गर्दै कार्यक्रम सम्पन्न भएको छ। डा केसी अझ अमेरिकाका विभिन्न राज्यहरूमा नेपाली समुदायले भेटघाट गर्ने कार्यक्रम रहेको छ।

यसै सिलसिलामा डा प्रा केसीले पेनसेलभेनियामा आयोजित कार्यक्रममा सहभागिता जनाएका छन्। डा केसी नेपाली समुदायले आयोजना गर्ने कार्यक्रमको लागी क्यालिफोर्निया तथा टेक्सस जानेछन्।

प्रा डा केसीले देशव्यापी भन्दा माथि उठेर विश्वव्यापी नागरिकको हैसियतले आफूले उठान गरेका मुद्दाहरू नेपालमा मात्र हैन विश्वव्यापी मञ्चमा उठाउनु दायित्व ठानी त्यसलाई मूर्तरूप दिन अमेरिका आएको बताएका छन्।

Facebook Comments

हरेक खबर खास खबर