८ कार्तिक २०७८, सोमबार
गृह यी स्थानमा मेघ गर्जन र चट्याङ्सहित वर्षाको सम्भावना
यी स्थानमा मेघ गर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

काठमाडौं। हाल भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा छत्तिसगढ आसपासमा अवस्थित न्यून चापीय क्षेत्रहरूको आंशिक प्रभावले देशभरको मौसम आंशिकदेखि सामान्य बदली भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा थोरै दक्षिणतिर रहेकाले देशभरको मौसम परिवर्तन भइरहेको छ।


आज बिहान विज्ञप्तिमार्फत आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

यसैगरी भोलि शनिबार पनि देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ।

आइतबार देशभर सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Facebook Comments

हरेक खबर खास खबर