८ कार्तिक २०७८, सोमबार
गृह इटालियन सिरी ए: नापोलीको लगातार पाँचौ जित
इटालियन सिरी ए: नापोलीको लगातार पाँचौ जित

काठमाडौं। इटालियन सिरी ए फुटबलमा नापोलीले लगातार पाँचौं जित हात पारेको छ। बिहीबार राती भएको खेलमा साम्पडोरियालाई ४–० गोल अन्तरले पराजित गर्दै नापोलीले जितको यात्रा कायम राखेको हो।

नापोलीको जितमा भिक्टर ओसिमहेनले दुई गोल गरे । फाबियन र पिओटर जिलिनिस्कीले एक एक गोल गरे।


खेलको दशौँ मिनेटमा भिक्टरले गोल गर्दै नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। खेलको ३९ औं मिनेटमा फाबियनले गोल गर्दै टिमको अग्रता २-० को बनाए।

५० औं मिनेटमा भिक्टरले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ३-० को बनाए।

त्यसपछि खेलको ५९ औं मिनेटमा जिलिनिस्कीले गोल गर्दै नापोलीलाई ४-० को जित दिलाए।

जितसँगै नापोलीले ५ खेलमा १५ अंक जोडेको छ। नापोली लिगको शीर्ष स्थानमा उक्लिएको छ।
साम्पडोरिया ५ अंक जोडेर १३ औं स्थानमा रहेको छ।

Facebook Comments

हरेक खबर खास खबर