८ कार्तिक २०७८, सोमबार
गृह नेपालसँगको निर्यात अवरोधलाई हटाउँदै चीन, दैनिक २० गाडी नेपाल पठाउने
नेपालसँगको निर्यात अवरोधलाई हटाउँदै चीन, दैनिक २० गाडी नेपाल पठाउने

काठमाडौं। चीनले दशैंतिहारजस्ता चाडपर्व लक्षित निर्यातलाई सहजीकरण गर्ने भएको छ। नेपाली महावाणिज्य दूतावासको आग्रहपछि तिब्बतले यस्तो निर्णय गरेको हो।

महावाणिज्यदूत नवराज ढकालले तिब्बतको वाणिज्य, भन्सार र बन्दरगाह अधिकारीहरुसँग नेपालतर्फको निर्यातमा वृद्धि गर्न र तातोपानी तथा केरुङ भन्सार क्षेत्रमा देखिएको अवरोध हटाउन आग्रह गरेका थिए।


नेपाली पक्षको आग्रहपछि तिब्बत भन्सारले दैनिक १० गाडी थप गरी २० गाडी नेपाल पठाउने आश्वासन दिएको छ।

तातोपानी नाकामा जस्तै केरुङ नाकामा हुक एन्ड ड्रप विधि अपनाउनेबारे अध्ययन गर्ने र १५ हजार मेट्रिक टन रासायनिक मललाई विना अवरोध नेपाल आउन दिने प्रतिबद्धता पनि तिब्बतले जनाएको नेपाली महावाणिज्यदूत ढकालले बताए।

तिब्बतले नेपालतर्फ लोड अनलोड कार्य छिटो गराउन र केरुङ भन्सारमा यार्ड विस्तार गर्न समेत आग्रह गरेको छ।

Facebook Comments

हरेक खबर खास खबर