८ कार्तिक २०७८, सोमबार
गृह त्रिशूली नदीमा कार खस्योः तीन जना बेपत्ता
त्रिशूली नदीमा कार खस्योः तीन जना बेपत्ता

काठमाडौं। चितवनको ईच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गअन्तरगत त्रिशूली नदीमाल कार खस्दा तीन जना बेपत्ता भएका छन्, एक घाइते भएका छन्।

काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार बिहीबार राति ११ः४५ बजे कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल नदीमा खसेको हो।


जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार घाइते हुनेमा पोखरा महानगरपालिका–१७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी रहेका छन्।

उनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचार भइरहेको छ। घाइतेको अवस्था मध्यम रहेको छ।

बेपत्ता हुनेहरुमा सोही ठाउँका अन्दाजी ६० वर्षीय प्रेमबहादुर भुजेल, सोही ठाउँका अन्दाजी ५५ वर्षका लेखराम भुजेल र उहाँकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल सवार रहेको बताइएको छ।

बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

Facebook Comments

हरेक खबर खास खबर