८ माघ २०७८, शनिबार
गृह साउदी अरेबियाको राष्ट्रिय दिवस
साउदी अरेबियाको राष्ट्रिय दिवस

काठमाडौं। साउदी अरेबिया अधिराज्यको ९१औँ राष्ट्रिय दिवसमा अवसरमा नेपालका लागि उक्त देशका राजदूत मौसद अलमर्वानीले आज साँझ यहाँ स्वागत समारोहको आयोजना गरेका छन्।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको सो समारोहमा सांसद, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, उद्योगपति, व्यापारी, वरिष्ठ सञ्चारकर्मीलगायत समाजका प्रतिष्ठित व्यक्तिको उपस्थिति थियो।


Facebook Comments

हरेक खबर खास खबर