९ कार्तिक २०७८, मंगलवार
गृह हुम्लास्थित हिमालपारिको गाउँ लिमीका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण
हुम्लास्थित हिमालपारिको गाउँ लिमीका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

हुम्ला । हुम्लास्थित हिमालपारिको गाउँ लिमीका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ। कोरोना कहरपछि पठनपाठन सुचारु भएसँगै नाम्खा गाउँपालिका– ६ लिमीका विद्यार्थीहरुलाई आधार विकास नेपाल हुम्लाले शैक्षिक सामग्री वितरण गरेको हो।

आधार विकासले शैक्षिक सामग्रीअन्तर्गत प्रत्येक विद्यार्थीलाई विद्यालय पोशाक, झोला, जुत्ता, टोपी, मोजा, कापीकलम, सिसाकलम, ज्यामिती बक्स, लेखन अभ्यास पुस्तिका, मार्कर पेन, मसी, ह्वाइट बोर्ड, माक्स, सेनिटाइजर र साबुन लगायतका सामाग्रीहरु वितरण गरिएको हो।


आधार विकासले लिमीका तीन गाउँका ६६ जना विद्यार्थीहरुलाई उक्त शैक्षिक सामग्री वितरण गरेको संस्थाका शिक्षा अधिकृत कुन्जोक लामाले बताए। लिमीका विद्यार्थीहरुले सहयोगस्वरुप ठूलो परिमाणको शैक्षिक सामग्री पाएको यो नै पहिलो भएको दावी गरिएको छ। जसअनुसार तीलका २ जना, हल्जीका ४६ र जाँगका १८ जना विद्यार्थीहरुले शैक्षिक सामग्री पाएका हुन्।

आधार विकासका शिक्षा अधिकृत लामाले संस्थाले यसपटक लिमीका विद्यार्थीलाई शैक्षिक सामग्रीवितरण गरिएको जनाएका छन्् । लिमीका दुई विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरुलाई सामग्री वितरण उनले बताएका छन्।आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई लक्षित गरेर सहयोग गरिएका र शैक्षिक सामग्री पाएपछि विद्यार्थी र अभिभावकहरु हर्षित देखिएका उनले बताए।

Facebook Comments

हरेक खबर खास खबर