१२ माघ २०७८, बुधबार
गृह आजदेखि कीर्तिपुरस्थित टियु मैदानमा एभरेष्ट प्रिमियर लिग (इपिएल)
आजदेखि कीर्तिपुरस्थित टियु मैदानमा एभरेष्ट प्रिमियर लिग (इपिएल)

काठमाडौं ः लामो समयपछि नेपाली घरेलु मैदानमा दर्शकसहितको टी(२० क्रिकेट फर्किंदै छ। कोरोना महामारीले आक्रान्त पारेपछि पुनः उठ्न लागेको खेदकुदमा यो ठूलो फ्रेन्चाइज चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) पक्कै पनि युवा खेलाडीका लागि अवसरका रुपमा रहने छ।

अक्सनबाट विभिन्न टिममा आवद्ध भएका खेलाडी तथा ट्यालेन्ट हन्टबाट छानिएका युवा खेलाडीलाई विदेशी भेट्रान्ट स्टारका बीचमा आफूलाई उदाउनुपर्ने चुनौती छ। एक प्रकारले थोरै घरेलु प्रतियोगिता हुने नेपालमा पाइने सीमित अवसरमा प्रमाणित गर्नु पर्ने चुनौतीमा यो एक अर्को अवसरका रुपमा रहेको छ। आजदेखि कीर्तिपुरस्थित टियु मैदानमा दर्शकको चिच्चाहटमा छक्का र चौकाको रोमाञ्चकता सुरू हुनेभएको छ।


यस पटक इपिएलमा सबै टिमले आफूलाई सक्दो राम्रो बनाउने प्रयास गरेका छन्। तर‚ स्टार विदेशी खेलाडीभन्दा स्वदेशी खेलाडीकै भर हुने पक्का रहेको छ। किनकि‚ नाम चलेका विदेशी खेलाडी भए पनि अहिले राष्ट्रिय टिमबाट खेल्ने खेलाडी विरलै मात्र छन्। त्यसैले फर्मबाहिरका विदेशीभन्दा स्वदेशी खेलाडीकै विश्वासमा टिमले प्रदर्शन गर्नु पर्नेछ। त्यसैले दाबेदारीमा यो पटक चलेका र युवा स्टार खेलाडी अनुबन्धन गर्ने भैरहवा, ललितपुर, काठमाडौं अगाडि छन्। ।

Facebook Comments

हरेक खबर खास खबर