९ कार्तिक २०७८, मंगलवार
गृह र्निदयी आमा (भाग = ४)
र्निदयी आमा (भाग = ४)

भाग = ४

र्निदयी आमा
भाग = ४
डाक्टर साब मेरी मामुलाई कती समय सम्म यहाँ राख्नु पर्छ,
बाबु तिमीले आफ्नो पिडा भन्न चाहन्नौं भने ठीक छ न भन, यदि कुनै दिन तिमीलाई यक्लो महसूस भयो र मनका कुरा कसै संग भन्न मन लाग्यो भने, मलाई सम्झिए म तिमीलाई जस्तो सुकै दुख पीडामा पनि सहयोग गर्न तयार छु, आफूलाई कहिले एकलो महसूस न गर्नु,
बाबु अहिले तिम्रो मामु को अवस्था निकै कमजोर छ ।

चेक अप भै रहेको छ अब रिपो्ट कस्तो आउँछ त्यस पछि बल्ल म भन्छु बाबु, डाक्टर साब यदि कुनै दिन त्यस्तो आयो भने अबस्य हजुरलाई सम्झिने छु ।
डाक्टर साब पैसा कती भो कहाँ जम्मा गर्नु पर्छ, बाबु तिमी यति सहनशील छौ, तिमी हर कोही सँग यति मिठो बोल्छौ, तिमीलाई हर कोहीले माया गर्छ । बाबु म तिम्रो मामुलाई फ्री मा उपचार गर्छु, पैसा तिर्नु पर्दैन ।


डाक्टर साब यस दुनियाँ मा पनि यति सहयोगी भावको मान्छे मैले सोचेको पनि थिएन हजुरलाई धेरै धेरै धन्यवाद डाक्टर साब,
मेरी मामुलाई र मेरी सानी नानीलाई राम्रो सँग ख्याल राख्नु है, म भरे तिर आउँछु, घरको काम त्यस्सै छ भनी घर तिर लागे,
घर पुगे पछि, घरको सम्पूणर् काम सकाएर बाबा मामुलाई नास्ता बनाई दिए बाबालाई नास्ता बनाएर त्यही राखी दिए र मामुलाई तिफिनमा राखेर हस्पिटल तिर लागे, हस्पिटल पुगेर मामुलाई नास्ता खुवाए, मामुलाई मैले यति धेरै ख्याल राखेको देखेर, त्यहाँ भएका सम्पूणर् मानिसहरू दङग भएका थिए ।

डाक्टर साब आएर भन्नु भो हजुर धेरै भाग्यमानी हुनुहुँदो रहेछ । हजुरको घरमा यति प्यारो छोरा को जन्म भएको छ । बाबा आमा प्रतिको माया देखेर म आफै दङ्ग पर्छु । डाक्टर साब मेरी मामु र बाबा भाग्यमानी हुन्छ की हुनुहुन्न त्यो त थाहा छैन तर म भने धेरै भाग्यमानी छु, मलाई माया गर्ने मेरी प्यारो मामु जो पाको छु ।
मलाई हर सुख दुःखमा साथ दिने बाबा पाएको छु ।
सायद म जस्तो भाग्यमानी यस दुनियाँमा कमै छन् होला, मैले यस्तो कुरा गरेको देखेर मामु को आँखा रसायो, मामु हजुरलाई के भो किन आँखामा आँसु मामु न रुनु न हजुरको आँखामा आँसु आयो भने मन मेरो पोल्ने गर्छ ।
म हजुरको आँखामा आँसु हैन हजुरको मुहारमा खुसी देख्न चाहान्छु । मामु हजुरको एक मुस्कानमा म आफ्ना सारा दुख भुल्ने गर्छु ।
मामु हजुरलाई दुख होस यो म कहिले चाहन्न ।

जति दुख पर्नु छ बरु मलाई नै परोस् हजुरलाई दुखको एक अंश पनि न आओस्, हजुर दुखी भएको म देख्न चाहन्न ।
मामुले मेरो यस्तो कुरा सुनेर पहिले पल्ट मेरो निधारमा चुम्नु भयो । मामुले मलाई यसरी चुम्दा निकै आनंद आएको दियो । म आफ्नो सारा दुख भुली दिए, मामुले म प्रतिको गरेको त्यो नराम्रा व्यवहार भुली दिए,
मामु को यदि धेरै माया देखेर धेरै खुसी थिए

मामु हजुरलाई दुख होस यो म कहिले चाहन्न, जति दुख पर्नु छ बरु मलाई नै परोस् हजुरलाई दुखको एक अंश पनि न आओस् हजुर दुखी भएको म देख्न चाहन्न, मामुले मेरो यस्तो कुरा सुनेर पहिले पल्ट मेरो निधारमा चुम्नु भयो ।
मामुले मलाई यसरी चुम्दा निकै आनंद आएको थियो, त्यो क्षण मेरो लागि धेरै खुसीको क्षण थियो । महिले अहिले सम्म चाहेको पनि यही थियो कि मेरो बाबा मामुले पनि मलाई माया गरून् भनेर,

मामु को त्यो एक चुम्मनले म आफ्नो सारा दुख भुली दिए।
मामुले म प्रति गरेको नराम्रो व्यवहार भुली दिए, मामु को यति धेरै माया देखेर धेरै खुसी थिए ।
मामुलाई दुई दिनको हस्पिटल को बसाई पछि घर लिएर आए, मामु पहिला भन्दा धेरै फरक हुनु भएको थियो । आफ्नो ख्याल का साथै मेरो पनि ख्याल राख्न थाल्नु भो, दिन प्रति दिन मामुले मलाई माया गर्दै जानु भयो । म धेरै खुसी थिए, मामु को मायामा यती धेरै शक्ति हुँदो रहेछ र त हर कोही जुन सुकै काम मा सफल हुँदो रहेछन् ।
दिन प्रति दिन मामुलाई गार्हो हुँदै गयो ।
मामुलाई एक दिन निकै नाई गार्हो भएकोले हस्पिटल लिएर गए,
हस्पिटल लागेको ५ घण्टा पछि, छोरीको रूपमा मेरी प्यारी बुनु को जन्म भयो ।
म मन मनै धेरै खुसी भए, अब त मेरो पनि खुसीका दिनहरू आए,

मेरी प्यारी बुनुको जन्म भयो, मामुले पनि हामीलाई माया गर्नु हुन्छ, भनेर, त्यो दिन हस्पिटलमा नै बसियो अर्को दिन हामीलाई हस्पिटल बाट घर तिर लगियो ।
बाबालाई हाम्रो कुनै वास्ता थिएन, मामुलाई दिनहुँ राम्रो राम्रो खाना बनाएर दिए, मेरी बुनुलाई तेल लगाइदिने, आगो मा तताई दिने, नुहाई धुवाई गर्ने सबै गर्थे,
मेरी प्यारी वुनुको नाम राख्ने दिन पण्डित लाई बोलाएर पूजा पाठ गरियो, मेरी प्यारी बुनु को नाम अप्सरा राखी दिनु भयो ।
निकै राम्रो नाम राखी दिनु भयो मेरी बुनु को साँच्चै स्वर्गको अप्सरा जस्तै थिइन् मेरी बुनु, म धेरै भाग्यमानी थिए, स्वर्गको परी जस्तै थिइन् मेरी बुनु, जब मेरी परी लाई म आफ्नो हातमा लिने गर्थे, उनी खिस्स हाँस्ने गर्थिन । म त्यही हाँसोमा हराउने गर्थे,
सायद म पनि त सानोमा यस्तै थिए होला नि भनी,
निकै प्यारी थिइन् मेरी बुनु, मामुले पनि माया त धेरै गर्नु हुन्थ्यो बुनुलाइ तर बाबा ले भने न त मलाई कहिले माया गर्नु भयो न त वुनुलाई
तर ……….

क्रमश………

(बाँकीको कथा पढ्नको लागि अर्को शनीबारको भाग न छुटाउनु होला)

Facebook Comments