७ माघ २०७८, शुक्रबार
गृह बिदेशी भुमिमा बसेर गीतलेखनमा कलम चलाएको भन्दै गीतकार उप्रेती सम्मानीत
बिदेशी भुमिमा बसेर गीतलेखनमा कलम चलाएको भन्दै गीतकार उप्रेती सम्मानीत

बिदेशमा रहेर पनि नेपाली गीत संगीत लाइ माया गरेको भन्दै गीतकार हरि उप्रेतीलाइ गीतकार संघ नेपालले सम्मान गरेको छ ।

शनिबार आयोजीत एक समारोह बिच बिभिन्न व्यक्तित्वलाइ गीतकार संघ ले सम्मान गरेको छ ।


अमेरीका बसेर पनि नेपाली गीत लेखनमा निरन्तर सक्रिय गीतकार उप्रेतीलाइ डायस्पोरा गीतकार सम्मान २०७७ बाट रु १५ हजार नगद सहित सम्मान गरिएको हो ।

यसका साथै राष्ट्रिय श्रष्टा सम्मानको रुपमा विश्व बल्लभलाइ सम्मान गरियो भने मातृभाषा गीतकार सम्मानको रुपमा बिष्णु मनसरा घलेलाइ सम्मान गरियो ।

 

Facebook Comments