७ माघ २०७८, शुक्रबार
गृह चीनसँगको ‘सीमा समस्या’ अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझायो
चीनसँगको ‘सीमा समस्या’ अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझायो

काठमाडौं। नेपाल–चीन सीमा सम्बन्धमा लिमी लाप्चादेखि हिल्सासम्मको सीमा समस्या अध्ययन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाँणसमक्ष प्रतिवेदन पेश गरेको छ ।

आइतबार समितिका संयोजकसमेत रहेका गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले मन्त्रालयमा आयोजित एक कार्यक्रमका विच गृहमन्त्री खाँणलाई प्रतिवेदन बुझाएका हुन् ।


प्रतिवेदन बुझ्दै मन्त्री खाणले समितिले स्थलगत अध्ययन गरेर सत्यतथ्य पत्ता लगाइ तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले भने, ‘यहाँहरूले स्थलगत अध्ययन गरी हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमाबारे सत्यतथ्य जानकारी समेटेर प्रतिवेदन बनाउनुभएको छ । यसले मुलुकका अन्य स्थानमा रहेका सीमाबारे पनि अध्ययन गर्न बाटो खुलेको छ । अध्ययनमा यहाँहरूले औल्याउनु भएका विषयबस्तु कार्यान्वयन गर्न सरकारले पहल गर्नेछ ।’

Facebook Comments

हरेक खबर खास खबर