८ माघ २०७८, शनिबार
गृह फ्रान्सका राष्ट्रपति म्याक्रोनमाथि फेरि अण्डा प्रहार
फ्रान्सका राष्ट्रपति म्याक्रोनमाथि फेरि अण्डा प्रहार

लायोनस्थित एक अन्तर्राष्ट्रिय खाद्य समारोहमा पुगेका फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनमाथि एक व्यक्तिले अण्डा प्रहार गरेका छन्। सो अण्डा उनको कुममा लागेर अगाडि पट्टी भुईँमा खसेर फुटेको छ।

घटनाका विभिन्न भिडियोहरु यतिबेला ट्वीटरमा व्यापक शेयर भइरहेका छन्। प्रत्यक्षदर्शीका अनुसार एक पुरुषले केही नबोली चुपचाप उनीमाथि अण्डा प्रहार गरेका थिए र यस पछाडिको उनको उद्देश्य पनि स्पष्ट भएको छैन।


यसरी सार्वजनिक स्थलमै म्याक्रोनमाथि प्रहार भएको यो पहिलो घटना होइन। यसअघि २०१७ मा राष्ट्रपति चुनावका बेलामा पनि उनलाई एक व्यक्तिले अण्डा हानेका थिए। त्यस समय अण्डा उनको टाउकोमै फुटेको थियो।

त्यस्तै गत जुनमा मात्र उनी दक्षिणपूर्वी फ्रान्स गएका बेला सर्वसाधारणको भीडमा एक व्यक्तिले आएर गालामा थप्पड पनि हानेका थिए।

Facebook Comments

हरेक खबर खास खबर