९ कार्तिक २०७८, मंगलवार
गृह गायक साउँदले ल्याए “दिव्य रानी” (भिडियोसहित)
गायक साउँदले ल्याए “दिव्य रानी” (भिडियोसहित)

काठमाडौं।सुरिलो आवाजका धनी गायक खगेन्द्र साउँदको नयाँ साङ्गीतिक कोशेली “दिव्य रानी” सार्वजनिक भएको छ ।

गीतको भिडियोलाई ओ.एस.आर. च्यानलबाट सार्वजनिक गरिएको हो । अबि अजनबीको रचनामा चर्चित संगीतकार बि.बि. अनुरागीले उत्कृष्ट संगीत भरेका हुन् । यस्तै संगीत संयाेजन सञ्जिव बराईलीले गरेका छन् ।


केशवराज भट्टद्वारा निर्देशित भिडियोमा प्रेमील जोडीको रुपमा विकाश लामिछाने र उषा उप्रेतीले तारिफयोग्य अभिनय गरेको देख्न पाईन्छ ।

कैलालीको टीकापुरका स्थायी बासिन्दा साउँदको यो दोस्रो गीत हो । अध्यापन पेशामा सक्रिय रहेर पनि उनी संगीतलाई अगाडि बढाईरहेका छन् ।

उनी अरुणोदय मा.वि.फर्पिङका भौतिक बिज्ञान शिक्षक हुन् भने राजधानीका बिभिन्न कलेजमा पनि अध्यापन गराउँदै आएका छन् ।
खास खबरसँग कुरा गर्दै गायक साउँदले चाँडै अर्को गीत रेकर्डको तयारीमा रहेको बताए ।

उक्त गीत अरुभन्दा खास हुने समेत उनले दाबि गरेका छन् । साउँदको आगागी सांगीतिक यात्रा झनै सफल रहोस् धेरै शुभकामना ।

Facebook Comments