१२ माघ २०७८, बुधबार
गृह एमालेलको पहिलो राष्ट्रिय विधान महाधिवेशनको तयारी पूरा
एमालेलको पहिलो राष्ट्रिय विधान महाधिवेशनको तयारी पूरा

काठमाडौँ। नेकपा एमालेको शुक्रबारदेखि शुरु हुने पहिलो राष्ट्रिय विधान महाधिवेशनको तयारी पूरा भएको छ। एमाले विधान महाधिवेशन मूल समारोह समितिले बिहीबार पत्रकार सम्मेलन गरी पहिलो राष्ट्रिय विधान महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो।

महाधिवेशनका मिडिया संयोजक खिमलाल भट्टराईले शुक्रबार १२ बजेर १५ मिनेटमा अध्यक्ष केपी शर्मा ओलीले पहिलो राष्ट्रिय विधान महाधिवेशनको उद्घाटन गर्ने बताए।


उद्घाटनपछि तीनवटा प्रस्ताव पेस हुने र त्यसमाथि समूहगत छलफल गरि निष्कर्ष निकालिने एमालेले जनाएको छ । विधान महाधिवेशनमा देशभरका करिब ६ हजार प्रतिनिधि सहभागी हुने पनि एमालेले जनाएको छ।

Facebook Comments

हरेक खबर खास खबर