१२ माघ २०७८, बुधबार
गृह नेपाललाई टेबल टेनिसमा सफलता
नेपाललाई टेबल टेनिसमा सफलता

काठमाडौं। कतारको दोहामा भइरहेको २५औं एसियाली टेबल टेनिस प्रतियोगितामा नेपालले शुक्रबार राति दुई महत्त्वपूर्ण जित निकालेको छ। नेपालले पुरुष टिम इभेन्ट्समा प्यालेस्टाइनमाथि ३-१ को जित रचेको छ।

त्यसमा नेपालका तर्फबाट स्यान्टु श्रेष्ठ, विनेश खनिया र अमरलाल मल्ले चुनौती पेस गरेका थिए। यस्तै मेन्स डबल्समा स्यान्टु र विनेशको जोडीले कतारी टिमलाई ३-१ ले पराजित गरेर दोस्रो चरणमा प्रवेश गरेका छन्।


कतारले एसियाली स्तरको टेबल टेनिस प्रतियोगिता आयोजना गरेको यो दोस्रो अवसर मात्र हो। कतारमै एसियाली टेबल टेनिस युनियनको साधारण सभा पनि हुनेछ र त्यसमा नेपालका तर्फबाट अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज बैद्यले भाग लिइरहेका छन्।

Facebook Comments

हरेक खबर खास खबर