८ माघ २०७८, शनिबार
गृह नर्भिक हस्पिटलका संस्थापक चौधरीको मुटुको शल्यक्रिया
नर्भिक हस्पिटलका संस्थापक चौधरीको मुटुको शल्यक्रिया

काठमाडौं। नर्भिक इन्टरनेसनल हस्पिटलका संस्थापक बसन्त चौधरीको मुटुको शल्यक्रिया भएको छ। गत मंगलबार दुबईस्थित अमेरिकन हस्पिटलमा उनको मुटुको शल्यक्रिया भएको अस्पतालले जनाएको छ । परिवारसँग छुट्टी मनाउन दुबई पगेका बखत स्वास्थ्यमा समस्या आएपछि उनको त्यहीँको अस्पतालमा उपचार गरिएको हो।

अमेरिकन हस्पिटलको टिमले उच्चतम प्रविधिको प्रयोग गरी चौधरीको ओपन हार्ट सर्जरी गरेको हो। सर्जरीपछि हाल उनी पोस्ट अपरेटिङ केयरमा छन्। अब दुई दिन सो युनिटमा राखेर उनलाई डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ।


उनी केही दिनअघि परिवारसँग छुट्टी मनाउन दुबई गएका थिए । गत ८ असोजमा अचानक स्वास्थ्यमा समस्या आई अस्पताल भर्ना भएका थिए। सो क्रममा सामान्य खालको हृदयाघात भएको र मुटुको धमनीमा समेत समस्या देखिएपछि चिकित्सकहरूले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए। सोही सुझावअनुसार उनको मंगलबार शल्यक्रिया गरिएको थियो।

Facebook Comments

हरेक खबर खास खबर