९ कार्तिक २०७८, मंगलवार
गृह परराष्ट्रमन्त्री खड्का र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता
परराष्ट्रमन्त्री खड्का र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरी र परराष्ट्रमन्त्री नारायण खड्काबीच भेटवार्ता भएको छ। राजदूत बेरी मन्त्री खड्कालाई भेट्न आज सिंहदरबारस्थित परराष्ट्र मन्त्रालय पुगेका थिए।

भेटवार्ताका क्रममा मन्त्री खड्काले राजदूत बेरीलाई नेपालको विकासमा पहल र कोरोना भाइरसविरुद्ध सहयोग गरेकोमा अमेरिकी सरकार र जनतालाई धन्यवाद व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उक्त अवसरमा द्विपक्षीय सम्बन्धका विषय र बहुपक्षीय संलग्नताका सम्बन्धमा समेत कुराकानी भएको थियो।


खड्का मन्त्री नियुक्त भएपछि पुगेका बेरीले सुरुआतको भेटवार्तामा नयाँ जिम्मेवारी सम्हालेकोमा बधाईसमेत दिएका थिए।
नेपालमा एमसीसी सम्झौतालाई लिएर प्रश्न उठेपछि केही समय अघिमात्र नेपाल सरकारले अमेरिकी सरकारमार्फत ११ विवादित विषयमा प्रश्न सोधेको थियो। जसको उत्तर अमेरिकाले नेपाललाई पठाउको थियो।

साथै, एमसीसी सम्झौता नेपालको संसद्बाट अनुमोदन गराएर कार्यान्वयन लाने सम्बन्धमा वासिङ्टनडीसीबाट एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले नेपालको चार दिने भ्रमण गरेकी थिईन्।

Facebook Comments

हरेक खबर खास खबर