९ कार्तिक २०७८, मंगलवार
गृह आजै मन्त्रिपरिषद विस्तार हुन्छः प्रचण्ड
आजै मन्त्रिपरिषद विस्तार हुन्छः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सकभर आजै मन्त्रिपरिषद विस्तार हुने बताएका छन्।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सकभर आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा गठबन्धन रहेको बताएका हुन्। उनले मन्त्रिपरिषद विस्तार गर्न नसके पनि मन्त्रालयको भागबण्डा टुंग्याउने पनि जानकारि दिए।


फरक प्रसंगमा प्रचण्डले नेकपा एमालेको हालै सम्पन्न विधान महाधिवेशनलाई कुम्भ मेलाको संज्ञा दिए। उक्त भेलाको निष्कर्ष माओवादी र त्यसको नेतृत्वलाई सिध्याउने रहेको पनि उनको टिप्पणी छ।

प्रचण्डले अहिलेको लडाइँ माओवादी पार्टी बचाउनेमात्रै नभएको भन्दै मार्कस्वादको रक्षामा अगाडि बढ्ने कि नबढ्ने भन्ने प्रश्न रहेको पनि बताएका थिए।

Facebook Comments

हरेक खबर खास खबर