९ कार्तिक २०७८, मंगलवार
गृह प्रधानन्यायाधीश कोटाबाट मन्त्री बन्ने सम्बन्धि समाचार पुष्टि गर्न सर्वोच्चको चुनौती
प्रधानन्यायाधीश कोटाबाट मन्त्री बन्ने सम्बन्धि समाचार पुष्टि गर्न सर्वोच्चको चुनौती

काठमाडौं। सर्वोच्च अदालतले मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई असान्दर्भिक रुपमा जोडिएको बताएको छ।

मन्त्रिपरिषदमा प्रधान न्यायाधीश जबराले भाग खोजेको समाचार सार्वजनिक भएपछि आज सर्वोच्च अदालतले विज्ञप्ति जारी गरी प्रधानन्यायाधीशलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित गरिको बताएको छ।


सोमबार एक विज्ञप्ती जारी गर्दै अदालतले प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बन्न लागेको भन्दै मिडियामा प्रकाशित समाचारको सत्यता पुष्टि गर्न सर्वोच्च अदालतले सञ्चारमाध्यमलाई चुनौती दिएको छ।

त्यसअघि सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीबीच सोमबार भएको भेटका क्रममा प्रधानन्यायाधीश जवराले मन्त्रिपरिषद् विस्तारमा आफूले पनि भाग खोजेको भन्ने समाचार झूटो भएको स्पष्ट पारेका थिए।

आइतबार र सोमबार बिभिन्न सञ्चार माध्ययममा मन्त्रिमण्डल विस्तारमा प्रधानन्यायाधीश जबराका लागि पनि कोटा छुट्याउन दलका नेताहरूबीच छलफल भएको थियो।

Facebook Comments

हरेक खबर खास खबर