९ कार्तिक २०७८, मंगलवार
गृह साफ च्याम्पियनसिप फुटबलमा नेपालको लगातार दोस्रो जित ःनेपालले श्रीलङ्कालाई ३-२ ले पराजित
साफ च्याम्पियनसिप फुटबलमा नेपालको लगातार दोस्रो जित ःनेपालले श्रीलङ्कालाई ३-२ ले पराजित
काठमाण्डौ। साफ च्याम्पियनसिप फुटबलमा नेपालले नेपालको लगातार दोस्रो जित निकालेको छ ।
गएराति माल्दिभ्समा भएको खेलमा श्रीलङ्कालाई ३-२ गोलले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।
नेपालको जितमा सुमन लामा, अञ्जन विष्ट र आयुष घलानले एक/एक गोल गरे । श्रीलङ्काका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक/एक गोल फर्काए ।
नेपालका सुमन लामाले खेलको ३३ औं मिनेटमा गोल गरी सुरुवाती अग्रता दिलाएका थिए ।
त्यस्तै ५१ औं मिनेटमा अञ्जन विष्टले गोल गरेपछि नेपालले २-० को अग्रता बनायो । तर, श्रीलङ्काका ह्यामिल्टनले ५७ औं मिनेटमा एक गोल फर्काए ।
परिवर्तित खेलाडीको रुपमा मैदान छिरेका आयुष घलानले खेलको ८६ औं मिनेटमा गोल गरेपछि नेपालले ३-१ को अग्रता बनायो ।
खेलको इञ्जुरी समयमा श्रीलङ्काका डी सिल्भाले पेनाल्टीमा एक गोल गरेका थिए । यो जितपछि नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
नेपालले  २  खेलमा ६ अंक जोडेको छ । पहिलो खेलमा नेपालले माल्दिभ्सलाई १-० ले हराएको थियो ।
श्रीलङ्का पहिलो खेलमा बङ्गलादेशसँग १-० ले पराजित भएको थियो । अब नेपालले तेस्रो खेलमा आइतवार भारतसँग खेल्नेछ ।
Facebook Comments