९ कार्तिक २०७८, मंगलवार
गृह ५ घण्टा बन्द हुँदा फेसबुकले गुमायो ५.९ अर्ब डलर, जुकरबर्ग अर्बपतिको सूचीबाट एक स्थान तल झरे
५ घण्टा बन्द हुँदा फेसबुकले गुमायो ५.९ अर्ब डलर, जुकरबर्ग अर्बपतिको सूचीबाट एक स्थान तल झरे

काठमाडौं। सामाजिक सञ्जाल फेसबुक, व्हाट्सएप र इन्स्टाग्राम पाँच घन्टा बन्द हुँदा मार्क जुकरबर्गको सम्पत्तिमा ५.९ बिलियन डलरको गिरावट आएको छ।

फेसबुक डाउन हुँदा जुकरबर्गको सम्पत्ति घटेर ११७ बिलियन डलर पुगेको छ । अब जुकरबर्ग फोब्र्स म्यागजिनको अर्बपतीको सुचीमा छैटौं स्थानमा झरेका छन्।


योसँगै जुकरबर्ग बिश्वकै अर्बपतीको सुचीबाट एक स्थान तल झरेका हुन्।

फेसबुककी कार्यकारी सेरिल स्यान्ड्बर्गको सम्पत्ति पनि १.९ बिलियन डलरले घटेको छ । यस अघि सन २०१९ मा फेसबुक १४ घन्टा बन्द भएको थियो ।

Facebook Comments

हरेक खबर खास खबर