११ कार्तिक २०७८, बिहीबार
गृह श्री एयरलाइन्सको जहाज घाँसे मैदानतिर मोडियो
श्री एयरलाइन्सको जहाज घाँसे मैदानतिर मोडियो

काठमाडौं। श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि यात्रुलाई सकुशल ओरालिएको छ।

काठमाडौंबाट नेपालगञ्ज उड्न लागेका बेला जहाज स्टार्ट गरेर अघि बढाउने क्रममा ट्याक्सी वेबाट घाँस भएतिर गएपछि यात्रुलाई सकुशल उतारिएको हो।


जहाज क्याप्टेन महेश्वरी डंगोलले चलाएकी थिइन्। जहाज ट्याक्सी वेबाट घाँसे मैदानतिर मोडिएपछि आपतकालीन संकेत दिइएको थियो।

करिब ८० जना यात्रु लिएर नेपालगन्ज जान लागेका जहाज उड्नुअघि नै ट्याक्सी वे छाडेर बाहिर गएपछि सबैलाई निकालिएको छ।

अर्को जहाजमा यात्रुलाई पठाउने तयारी भइरहेको बताईएको छ।

Facebook Comments

हरेक खबर खास खबर