११ कार्तिक २०७८, बिहीबार
गृह मन्त्रालय बाडँफाँटमा गठबन्धनमा जुट्यो सहमति: कसलाई कति?
मन्त्रालय बाडँफाँटमा गठबन्धनमा जुट्यो सहमति: कसलाई कति?

सत्तारुढ गठबन्धनभित्र मन्त्रालय भागबण्डामा सहमति जुटेको छ। आज बिहान बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले मन्त्रालय बाँडफाँट गरेको हो।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले मन्त्रालय भागबण्डामा सहमति भएको पुष्टी गरे।


सहमतिअनुसार कांग्रेसले ६ वटा मन्त्रालयको नेतृत्व गर्नेछ। अहिले कांग्रेसबाट गृहमन्त्रीमा बालकृष्ण खाण, परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का र कानूनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की छन्। कांग्रेसबाट उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारीमा छन् । स्रोतका अनुसार अब कांग्रेसले सञ्चार र महिला बालबालिका मन्त्रालय लिनेछ।

नेकपा माओवादी केन्द्र , नेकपा एस र जसपाले ५–५ मन्त्रालयको नेतृत्व र १–१ राज्यमन्त्री पाउने सहमति बनेको छ।

माओवादीबाट अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जामन्त्रीमा पम्फा भूसालले जिम्मेवारी पाइसकेका छन्। माओवादीले अब कृषि, खानेपानी र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय पाउँनेछ । नेकपा एसले पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति, शहरी विकास, युवा तथा खेलकुद र रक्षा मन्त्रालय पाउँनेछ।

जसपाले भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, श्रम तथा रोजगार, वन तथा वातावरण र शिक्षा मन्त्रालय पाउँनेछ। माओवादी, नेकपा एस र जसपाले १–१ राज्यमन्त्री पाउने बताइन्छ।

त्यसो हुँदा वर्तमान स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई मन्त्रीमा बढुवा गर्नुपर्ने वा जिम्मेवारी मुक्त गर्नुपर्ने अवस्था आउँने बताईएको छ।

Facebook Comments

हरेक खबर खास खबर