८ कार्तिक २०७८, सोमबार
गृह यस्ता छन् मन्त्रिपरिषद बैठकका ६ निणर्य
यस्ता छन् मन्त्रिपरिषद बैठकका ६ निणर्य

काठमाडौं। मन्त्रिपरिषद् बैठकले बिभिन्न ६ निणर्य गरेको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले विभिन्न् ६ निणर्य गरेको सरकारका प्रवक्ता कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

बैठकले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका,२०७८ स्विकृत गरेको छ।


मन्त्रिपरिषद्ले प्रशासन सेवातर्फको सहसचिव रवीलाल पन्तलाई सचिवमा बढुवा गर्ने, वैदेशिक रोजगार न्यायाधीकरणको रिक्त सदस्यमा सह-न्यायधीवक्ता डा. गोपिचन्द्र भट्टराइलाई तोक्ने, ऋण असुली न्यायाधीकरणको रिक्त कानुन सदस्यको पदमा कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका उपसचिव विष्णुप्रसाद रेग्मीलाई नियुक्त गर्ने निणर्य गरेको छ।

आगामी २४ देखि २८ असोजसम्म परराष्ट्रमन्त्री डा. नारायण खड्काको नेतृत्वमा असंलग्न आन्दोलनको कमोरेटिभ हाई लेभल मिटिङमा सहभागी हुने प्रतिनिधि मण्डल गठन गर्ने र विद्युतीय राहदानी बुकलेटमा उल्लेख हुने सुरक्षा विशेषताहरु (सेक्युरिटी फिचर्स) स्विकृत गर्ने निणर्य गरेको प्रवक्ता कार्कीले जानकारी दिए।

Facebook Comments

हरेक खबर खास खबर