९ कार्तिक २०७८, मंगलवार
गृह गायक दिपिन भुजेलको मार्मिक साङ्गीतिक कोशेली “अन्तिम भेट” सार्वजनिक (भिडियो सहित)
गायक दिपिन भुजेलको मार्मिक साङ्गीतिक कोशेली “अन्तिम भेट” सार्वजनिक (भिडियो सहित)

काठमाडौं। मिठो आवाजका धनी गायक दिपिन भुजेलको वियोगान्त कथा बोकेको नयाँ साङ्गीतिक कोशेली “अन्तिम भेट” सार्वजनिक भएको छ ।
गीतको भिडियोलाई आहा टिभि च्यानलबाट सार्वजनिक गरिएको हो । रोशन विश्वकर्माको शब्द रहेको उक्त गीतमा संगीतकार दिपेन्द्र बुढा क्षेत्रीले उत्कृष्ट संगीत भरेका हुन् । यस्तै संगीत सम्पादन अनिल अधिकारिले गरेका छन् ।

भिडियोमा एक अर्कालाइ असाध्यै प्रेम गर्ने एक जोडीको कारुणिक वियोगको द्धश्य देख्न सकिन्छ । उक्त भिडियोमा दिनेश कठायत र विना राउतको अभिनय देख्न सकिन्छ ।


चितवनका स्थायी बासिन्दा भुजेलको यो दोस्रो गीत हो । उनले यो भन्दा “देशको लागि मार्नि बेला आयो ”बोल देशभक्ति गित बजारमा ल्याएका थिए । उनि अहिले व्यावसाय संगै संगीतलाई अगाडि बढाईरहेका छन् ।

उक्त गीत निकै नै मार्मिक भएको हुदा दर्शक स्रोताको मन जित्न दाबि गरेका छन् ।

Facebook Comments