९ कार्तिक २०७८, मंगलवार
गृह संखुवासभा हत्याकाण्डका अभियुक्त पुर्पक्षका लागि कारागार चलान
संखुवासभा हत्याकाण्डका अभियुक्त पुर्पक्षका लागि कारागार चलान

संखुवासभा। संखुवासभाको मादी नगरपालिका-१ उम्लिङ खोला गाउँमा भएको एकै परिवारका छ जनाको हत्यामा संलग्नलाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ। सोमबार जिल्ला अदालत संखुवासभाले हत्यामा संलग्न अभियुक्तहरूलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतका सूचना अधिकारी डिल्ली प्रसाईंले जानकारी दिए।

सूचना अधिकारी प्रसाईंका अनुसार उक्त हत्यामा संलग्न मादी नगरपालिका- १ उम्लिङ खोला गाउँका खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की र हस्तबहादुर कार्कीलाई सोमबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको छ।


अदालतले १७ वर्षीय नरेश कार्कीलाई बाल सुधारगृह विराटनगर पठाउन आदेश दिएको सूचना अधिकारी प्रसाईंले बताए। गत २१ भदौ बिहान मादी- १ उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति आठ वर्षीय दीपेन कार्की र नातिनी पाँच वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो।

Facebook Comments

हरेक खबर खास खबर