८ कार्तिक २०७८, सोमबार
गृह काठमाडौंमा बजार अनुगमन, १५ वटा पसल कारबाहीमा
काठमाडौंमा बजार अनुगमन, १५ वटा पसल कारबाहीमा

काठमाडौं। काठमाडौंका विभिन्न स्थानमा गरिएको बजार अनुगमनका क्रममा १५ वटा पसल कारबाहीमा परेका छन्।

चाडपर्व नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौं, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसहितको टोलीले मंगलबार गरेको बजार अनुगमनका क्रममा मंगलबार १५ वटा पसल कारबाहीमा परेका हुन्।


खाद्यान्न, लत्ता कपडा, तरकारीलगायत ३२ वटा पसलहरूमा गरिएको बजार अनुगमनका क्रममा १५ वटा पसललाई कारबाही गरिएको छ।

कारबाहीमा परेका पसलबाट एक लाख ४५ हजार रुपैयाँ जरिबाना तिराइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ प्रशासनका अनुसार ना, केही पसलहरूलाई तत्काल सुधार गर्न निर्देशन र केहीलाई आवश्यक स्पष्टीकरण सोधिएको छ।

Facebook Comments

हरेक खबर खास खबर