९ कार्तिक २०७८, मंगलवार
गृह काँग्रेसको सिटौला समूहबाट उमाकान्त चौधरी मन्त्री बन्ने
काँग्रेसको सिटौला समूहबाट उमाकान्त चौधरी मन्त्री बन्ने

काठमाडौं। नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौला पक्षबाट उमाकान्त चौधरी मन्त्री बन्ने भएका छन्।

काँग्रेस सभापति शेर बहादुर देउवाको नेतृत्वमा सरकार बनेको ८५ औँ दिनमा गठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँडमा सहमति जुटेपछि सबै दलहरु मन्त्रीको नाम पठाउनमा ब्यबस्त भएका छन्।


कांग्रेसको भागमा आठवटा मन्त्रालय परेको छ। संस्थापन समूहबाट तीन मन्त्री र एक राज्यमन्त्री चयन भइसकेका छन्। बाँकी चार मन्त्रीमध्ये तीन मन्त्रालय संस्थापन इतर समूहले पाउने भएका छन्।

त्यसमध्ये पौडेल समूहको भागमा दुईवटा मन्त्रालय परेका छन् भने सिटौला पक्षको भागमा एक मन्त्रालय परेको छ।

सिटौला पक्षको भने चौधरीको नाम सिफारिस भइसकेको जनाइएको छ। सिटौला समूहले आफ्नो समूहबाट आलोपालो मन्त्री बनाउँदै आएका छन्।

Facebook Comments

हरेक खबर खास खबर