८ कार्तिक २०७८, सोमबार
गृह गठबन्धनका नेताहरुलाई भागबण्डा मिलाउन सकस, शुक्रबार मन्त्रिपरिषद् विस्तार हुने
गठबन्धनका नेताहरुलाई भागबण्डा मिलाउन सकस, शुक्रबार मन्त्रिपरिषद् विस्तार हुने

काठमाण्डु- सत्ता गठबन्धनले शुक्रवार मन्त्रिपरिषद् विस्तार गने निष्कर्श निकालेको छ ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरुले मन्त्रीको नाम करिब टुंगो लगाइसके पनि दलहरुबीच मन्त्रालय भागवण्डामै विवाद भएपछि मन्त्रिपरिषद विस्तार हुन नसकेको हो ।


सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ४–४ मन्त्रालय लिने सहमति भएको थियो ।

तर मन्त्रालयका विषयमा दलहरुबीच कुरा नमिलेका कारण बिहीबार मन्त्रिपरिषद विस्तार हुन नसकेका स्रोतले बताएको छ । अब शुक्रबार विस्तार हुने स्रोतको भनाइ छ ।

Facebook Comments

हरेक खबर खास खबर