९ कार्तिक २०७८, मंगलवार
गृह भागबण्डामा निरास भएका माधव नेपाललाई मनाउन बालुवाटार बैठकले यस्तो गर्यो निर्णय
भागबण्डामा निरास भएका माधव नेपाललाई मनाउन बालुवाटार बैठकले यस्तो गर्यो निर्णय

काठमाडौं। सत्ता गठबन्धनका दलहरूबीच नेकपा एकीकृत समाजवादीलाई दुईवटा प्रदेशको मुख्यमन्त्री दिने भद्र सहमति भएको छ। 

संघीय मन्त्रालय बाँडफाँटमा असन्तुष्टि जनाउदै आएको नेकपा एसलाई मनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा गठबन्धनका दल सो पार्टीलाई बाग्मती र प्रदेश १ को मुख्यमन्त्री दिन सहमत भएका हुन्। 


बिहीवार बालुवाटारमा बसेको सत्ता गठवन्धन दलका शीर्ष नेताको बैठकमा संघीय मन्त्रालय बाँडफाँटमा धेरै ढिलाइ भएको भन्दै यसअघि बनेको सहमति कायम राख्दै नेकपा एसलाई दुईवटा मुख्यमन्त्री दिएर मनाउने सहमति भएको माओवादी केन्द्रका एक नेताले  बताए। 

‘माधवजीले असन्तुष्टि राख्नुभयो, प्रचण्डजीको प्रस्तावमा दुईवटा मुख्यमन्त्री लैजानुहोस्, अन्यत्रको नियुक्तिमा पनि हेरौँला र छलफल गरौँला भनेपछि माधवजी सल्लाह गर्छु भनेर निस्कनुभएको छ,’ ती नेताले भने। 

Facebook Comments

हरेक खबर खास खबर