९ कार्तिक २०७८, मंगलवार
गृह दीपेन्द्र र समिक्षाको अभिनयमा बोल काँ छै मैना रानी भिडियो सार्वजनिक 
दीपेन्द्र र समिक्षाको अभिनयमा बोल काँ छै मैना रानी भिडियो सार्वजनिक 

बझाङ । मोडल दीपेन्द्र जङ्ग काजी र समीक्षा क्षेत्रीको अभिनयमा ‘बोल काँ छै मैना रानी‘ बोलको भिडियो सार्वजनिक भएको छ ।बिहिबार विशेष फिल्मस नामको युट्युव च्यानल मार्फत उक्त भिडियो सार्वजनिक भएको हो ।

गायक जयबहादुर विक र सोभा थापाको आवाजमा सिजिएको गितको शब्द रामबहादुर बिकको रहेको छ । भिडियोको छायांकन कैलालीको धनगढी र गोदावरीमा गरिएको हो ।


विशेष डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको सो गितको निर्देशन सुरेन्द्र संगम डोट्याल बड्डाले गरेका छन् । भिडियोको क्यामेरामा सोनु विक र मिक्सिङ पिआर जोशीको रहेको छ ।

बझाङको बुङ्गलमा जन्मिएका दीपेन्द्र जङ्गले  शुदुरपश्चिमको लोकप्रिय डेउडा भाकाका म्युजिक भिडियोमा अभिनय गर्दै आएका छन् । उनले यसअघि भुवन दाहालको जिन्स पाइन्ट लाउँदीमा समेत अभिनय गरिसकेका छन् । डेउडा गितको संरक्षण र पहिचानमा आफ्नो अझै योदान रहने उनले बताए ।

Facebook Comments

हरेक खबर खास खबर